
भारतमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ ।
गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम ४० देखि ४६ डिग्रिसम्म पुगेको छ ।
गर्मीसँगै तातो हावा लु चलेका कारण जनजीवन अस्तब्यस्त बनेको छ । त्यसैगरी पानीको अभाव भएका कारण त्यहाँका नागरिक थप मारमा परेका छन् ।
गर्मीबाट बच्न घरबाट ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको छ ।