newskoseli.Com

मिस्टर माछापुच्छ्रे को उपाधि विनोदलाई

  कास्की जिल्ला शारीरिक सुगठन तथा फिट्नेश सङ्घ पोखराद्वारा आयोजित पश्चिमाञ्चल क्षेत्रीयस्तरको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको ७५ केजीभन्दा माथि तौलका हेभिवेटमा पाल्पाका विनोद बज्राचार्य मिस्टर माछापुच्छ््रे च्याम्पियन भएका छन् ।

प्रतियोगतामा कपिलवस्तुका सुरेन्द्रप्रसाद बर्मा, कास्कीका कमल भण्डारी र मनोज केसी तथा रुपन्देहीका ताराबहादुर थापा र कृष्णप्रसाद श्रेष्ठलाई पछि पार्दै विनोदले उपाधि प्राप्त गरेका हुन् । उनले उपाधिसहित ट्रफी, नगद ५० हजार र अन्य गिफ्टहरु पुरस्कार प्राप्त गरेका छन् ।

यही भदौ १७ गतेदेखि पोखरामा सञ्चालित उक्त प्रतियोगितामा यस क्षेत्रका ६ जिल्लाका ६५ जना खेलाडीको सहभागिता थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर