newskoseli.Com

एसियाली कराते च्याम्पियनमा को–को छानिए ?

तेश्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी छनोट भएका छन् ।

महिला क्याडेटको ४० केजीमा बालाजु एकेडेमीकी सन्ध्या खनाल, ४७ केजीमा बालाजुकी अल्बिना नगरकोटी, ५४ केजीमाथि रिया भुजेल, ५४ केजीमुनि बालाजुकी विभिशिका श्रेष्ठ छन् भने एकल कातामा सोतोकानकी कृषा शेर्पा छनोट भएकी छिन । क्याडेट पुरुषको ४५ केजीमा सोतोकानका प्रदीप राना मगर, ५२ केजीमा बालाजुका सरोज लामा, ५७ केजीमा बालाजुका विजय श्रेष्ठ तथा एकल कातामा सोनिम थापा मगर छानिए ।

महिला जुनियरको ४० केजीमा बालाजुकी एन्जिला धिमाल, ४८ केजीमा बालाजुकी विपना तामाङ, ५३ केजीमा बालाजुकी मेलिना मगर, ५९ केजीमा सोतोकानकी सुनीता मगर, ५९ केजीमाथि बालाजुकी मिङमा ल्हामु शेर्पा भएभने एकल कातामा बालाजुकी सुनिभा श्रेष्ठ छनोट भएकी छिन् । पुरुष जुनियरको ५५ केजीमा बालाजुका राजिव पुडासैनी, ७६ केजीमुनि गोजुरियोका सोनु थापा, टिम कातामा सुदूरपश्चिमाञ्चलका शेर धानुक, धर्मेन्द्र रेग्मी र जगतसिंह धानुक छानिए भने एकल कातामा गोजुरियोका सोनु थापा छानिएकी छिन ।

सिनियर महिला ६८ केजीमुनि बालाजुकी अनुपमा मगर र ६८ केजीमाथि पूर्वाञ्चलकी सुनीता लिङडेन छनोट भएका छन् । सिनियर पुरुषको ५५ केजीमा बालाजुका गौतम राई र ८४ केजीमाथि सोतोकानका दिवस श्रेष्ठ छानिएका हुन् । च्याम्पियनसिप सेप्टेम्बर २२ देखि २६ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर