newskoseli.Com

पोखरीलाई पर्यटकीय क्षेत्र बनाइने

मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन् ।

मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका हुन् । चालु आर्थिक वर्षमा उक्त सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिब ८ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ता सिमसार संरक्षणमा उत्साहित भएका हुन् । सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालयबाट ३ लाख रुपैयाँ र जिल्ला भू–संरक्षण कार्यालयबाट ४ लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष लावतीले जानकारी दिए ।

भविष्यमा सिमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर वनको आम्दानी बढाउने लक्ष्य रहेको अध्यक्ष लावतीले जानकारी दिए । पोखरीको डिलमा बाल उद्यान, पिकनिक स्पट, डुङ्गा सयर, विभिन्न पशुपक्षीसमेत संरक्षण गरेर पर्यटक भित्र्याउने योजना रहेको सदस्य वसन्त गौतमको भनाइ छ ।

पञ्चवर्षीय योजना रहेको ‘कत्ले सिमसार क्षेत्र’ ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कत्ले पोखरीबाट पोखरीको आसपास हरियाली वन, पोखरीको बीचमा ठूलो सालको रूख, ३ कुनाबाट जरुवा पानी उम्रिने, कछुवा, हरिण, मृगलगायत जनावरहरु देख्न पाइने तथा सिमसार क्षेत्र आसपास आदिवासी समुदायको रहनसहन र संस्कृतिलाई अवलोकन गर्नसमेत पाइने समूहका अध्यक्ष लावतीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर