newskoseli.Com

कावेली–ताप्लेजुङ सडकखण्ड सञ्चालनमा

गत शुक्रबार राति झरेको पहिराका कारण अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ–काबेली सडकखण्ड छ दिनपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ ।

पहिराले अत्याधिक क्षति पुर्‍याएकाे सो खण्डमा पर्ने बहानन्दे–धुसेनी क्षेत्रमा सडक सफा गर्ने र नयाँ मार्ग खोल्ने काम सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो । आज बिहानै ताप्लेजुङबाट छ ट्याक्सी सो बाटो हुँदै जिल्लाबाट बाहिरिएका छन् ।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर गौतम श्रेष्ठका अनुसार पूर्ण रुपमा भत्किएका ठाउँमा साना गाडी गुड्न सक्ने गरी नयाँ मार्ग खोलिएको छ भने पहिराले पुरेका ठाउँमा पहिरो पन्छाउने लगायतका काम अझै जारी छ । अहिले सो सडकखण्डमा बस, ट्रक जस्ता ठूला सवारीका साधन भने सञ्चालन गर्न नसकिने र अझै केही दिन पर्खनु पर्ने बताइएको छ । ठूला सवारीसाधन सञ्चालन हुने बनाउन धेरै स्थानमा पर्खाल लगाउनुपर्ने हुन्छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर