newskoseli.Com

पारा तेक्वान्दो टोली पोल्यान्डतर्फ

पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार पोल्यान्डको वार्सा प्रस्थान गरेको छ ।

आगामी भदौ ३१ देखि असोज १ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत के–४४ समूहको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडीले भदौ ३१ गते खेल्नेछन् ।

टोलीको प्रशिक्षकमा कल्याण कुँवर तथा व्यवस्थापकमा दीपक विष्ट रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

आयोजक अरुणिमा र विट्स एकेडेमी प्रथम अरुणिमा कप सिक्स ए साइड अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार यहाँ भएको खेलमा अरुणिमाले काठमाडौँ इन्टरनेसनललाई ४–४ गोलअन्तरले पराजित गर्‍यो । विजेताका दीपेश सेढाईंले २ तथा भाष्कर थापा र माणिक लामाले १–१ गोल गरे ।

अर्को सेमिफाइनलमा विट्सले रिम्सलाई ५–३ गोलअन्तरले हरायो । विट्सका अशोक मगरले २ तथा सुजित चौधरी र आयुश तामाङले १–१ गोल गरे । १ गोल आत्माघाती रह्यो । रिम्सबाट आयुश खड्काले २ तथा कृश कार्कीले १ गोल फर्काए । फाइनल बुधबार हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर