newskoseli.Com

पञ्जावलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ७ रनले हराएको छ ।

कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनायो । कोलकाताका लागि रोविन उथप्पाले ७० रन तथा गौतम गम्भिरले ५४ रन जोडे ।

जवाफमा १६५ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सक्यो । पञ्जावका ग्लेन म्याक्सवेलले ६८ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।

पञ्जावलाई सस्तैमा समेट्न कोलकाताका आन्द्रे रसेलले ४ ओभरमा २० रन खर्चदै ४ विकेट झारे । जितसँगै कोलकाता आईपिएल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

९ खेलबाट उसले १२ अंक जोडेको छ भने समान १२ अंक जोडेको गुजरात लायन्स रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

आईपिएल क्रिकेटमा आज राती दिल्ली डेयरडेभिल्स र राईजिङ पुणे सुपर जाईन्ट्स भिड्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर