newskoseli.Com

म्यान्चेस्टरलाई पाखा लगाउँदै स्पेनको रियाल मड्रिड विजयी

इंग्लिश फुटबल क्लव म्यान्चेस्टर सिटीलाई पाखा लगाउँदै स्पेनको रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडले म्यान सिटीलाई १–० ले हरायो ।

खेलको २० औं मिनेटमा सिटीका फर्नान्डोले आत्माघाति गोल गरेपछि अग्रता लिएको रियाल मड्रिडले यही अग्रता जोगाँउदै खेल आफ्नो पक्षमा पारेको हो ।

यसअघि म्यान सिटीको मैदानमा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो । यो जितसँगै रियाल मड्रिडले आफ्नै देशको एथ्लेटिको मड्रिड विरुद्धको फाईनल भिडन्त तय गरेको छ ।

हिजो भएको पहिलो सेमिफाईनल खेलमा जर्मनीको बायर्न म्युनिखलाई हराँउदै एथ्लेटिको फाईनलमा पुगेको थियो ।

१० पटक युरोपियन च्याम्पियन बनिसकेको सर्वाधिक सफल टोली रियाल मड्रिड र पहिलो पटक उपाधि जित्ने अभियानमा रहेको एथ्लेटिको मड्रिडबीचको उपाधि भिडन्त यही जेठ १६ गते आईतबार ईटालीको मिलानमा हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर