newskoseli.Com

भलिबलका २ राष्ट्रिय खेलाडी सम्मानित

 सञ्जय स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी सञ्जय अर्याल र महिला टोलीकी मञ्जु गुरुङलाई सम्मान गरेको छ ।

यहाँ बुधबार आयोजित कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले उनिहरुलाई सम्मान सहित जनही  २५ हजार रूपैयाँ प्रदान गरे । सञ्जयले सन् २००६ मा बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए ।

श्रीलङ्काको कोलम्बोमा भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले पाकिस्तानविरुद्ध आधिकारिक ‘डेब्यु’ गरे । त्यसयता उनि राष्ट्रिय भलिबल टोलीको सदस्य रहँदै आएका छन् । सञ्जय नेपाल पुलिस क्लबको व्यावसायिक भलिबल खेलाडी छन् ।

त्यस्तै १२ औं सागमा महिला भलिबलमा नेपाललाई कास्य पदक दिलाउँने मञ्जु टोलीको महत्वपूर्ण खेलाडी छिन् । राष्ट्रिय टोलीका सदस्य उनि हाल पश्चिमाञ्चल भलिबल टोलीबाट व्यावसायिक खेल खेनल्छिन् ।

भलिबलका पूर्व राष्ट्रिय खेलाडी स्व.मास्केको नाममा पाल्पाको तानसेनमा स्थापित प्रतिष्ठानले गत वर्षदेखि खेलाडीलाई सम्मान गर्दै आएको हो । गत वर्ष भलिबलकै २ खेलाडी इम राना र निशा शाहलाई सम्मान गरेको थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले सीमित स्रोत साधनमा बाबजुत नेपाली खेलाडीले देशको नाम उँचो बनाउन भूमिका खेलेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिष्ठानका अध्यक्ष विश्वविजय जोशीले सञ्जय मास्के खेलप्रेमी भएकाले उनको नाममा पुरस्कार स्थापना गरेको जानकारी दिँदै आगामी दिनमा पनि खेलाडी सम्मान कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर