newskoseli.Com

हारको शृंखला तोड्दै म्यानचेस्टर युनाइटेड चौथो चरणमा

म्यानचेस्टर युनाइटेडले लगातार तीन खेलको हारपछि लिग कप अन्तर्गत बुधबार राति भएको खेलमा नर्थह्यामप्टन टाउनलाई ३–१ ले हराएर चौथो चरणमा प्रवेश गरेको छ।

यसअघि प्रिमियर लिगमा म्यानचेस्टर सिटी र वाट्फोर्ड तथा युरोपा लिगमा स्याण्डविचसँग म्यानचेस्टर युनाइटेड पराजित भएको थियो ।

म्याचेस्टर युनाइटेडलाई जिताउन माइकल क्यारिक, एन्देर हरेरा र मार्कस रासफोर्डले एक एक गोल गरे । नर्थह्यामप्टनका एलेक्स रेवेलले एक गोल फर्काए।

यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हरायो । यस्तै टोटनह्यामले गिलिङह्यामलाई ५–० ले हरायो । हल सिटीले स्टोक सिटीलाई २–१, वेष्ट ह्यामले एकरिङटनलाई १–०, साउथह्यामप्टनले क्रिष्टल प्यालेसलाई २–० र सन्डरल्याण्डले क्युपिआर तथा ब्रिस्टोल सिटीले फुलहमलाई समान २–१ ले हराएर चौथो चरणमा स्थान बनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर