newskoseli.Com

मेसी घाइते भएपछि बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोनाका मेसी घाइते भएपछि ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–१ को बराबरीमा रोकियो।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा ४१ औं मिनेटमा इभान रेकिटिकले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि परेको एथ्लेटिकोका लागि ६१ औं मिनेटमा एन्जल कोरेयाले बराबरी गोल फर्काए।

कोरेयाले गोल गर्नु अघि बार्सिलोनाका लियोनल मेसी घाइते भएर मैदानबाट बाहिरिएका थिए।

यो खेलसँगै पाँच खेलबाट १० अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ। शीर्ष स्थानको रियल मड्रिडको समान खेलबाट खेलबाट १३ तथा दोस्रो स्थानको सेभिल्लाको ११ अंक छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर