newskoseli.Com

उपाधिका लागि लिभरपुल र सेभिया भिड्ने

इंग्लिश फुटबल क्लव लिभरपुल र स्पेनको सेभिया यस वर्षको युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न सेमिफाईनल दोस्रो लेगका खेलमा विजयी हुँदै लिभरपुल र सेभियाले उपाधि भिडन्त तय गरेका हुन् ।

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीले स्पेनको भियारियाललाई ३–० ले हरायो । लिभरपुलका लागि ड्यानियल स्टरिज र एडम लालानाले एक–एक गोल गरे । भियारीयालका ब्रुनो सोरियानोले एक आत्माघाती गोल गरेपछि लिभरपुल ३–० ले विजयी भएको हो ।

भियारियालको मैदानमा अघिल्लो हप्ता सम्पन्न पहिलो लेगको खेल १–० ले गुमाएको लिभरपुलले गएरातिको जितपछि समग्रमा ३÷१ को परिणाम निकाल्दै फाइनलमा ठाउँ बनाएको हो ।

यो जितले लिभरपुलका प्रशिक्षक यर्गेन क्लपलाई राहत मिलेको छ । क्लपले पहिलो सिजनमै लिभरपुललाई उपाधि नजिक पु¥याएका छन् । यो प्रतियोगिता जितेको खण्डमा लिभरपुल अर्को वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि पनि छनोट हुनेछ ।

गएराति भएको अर्को खेलमा स्पेनको सेभियाले युक्रेनको शख्तरलाई ३–१ ले हरायो । पहिलो लेगको खेलमा २–२ गोलको बराबरीमा समेटिएको सेभिया गएरातिको खेलपछि समग्रमा ५–३ ले विजयी भएको हो ।

जितसँगै सेभियाले लिभरपुलविरुद्धको उपाधि भिडन्त पक्का गरेको छ । फाईनल खेल आगामी जेठ ५ गते राति स्विट्जरल्याण्डको बासेलमा हुनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर