newskoseli.Com

राइजिङ पुणेद्वारा दिल्ली डेयरडेभिल्स पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राईजिङ पुणे सुपरजाईन्ट्सले दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हराएको छ ।

जितसँगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको पुणेले प्रतियोगिताको दोस्रो चरुणमा पुग्ने सम्भावना जीवित राखेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । दिल्लीका जे पी डुमिनीले ३४ रन तथा करुण नायरले ३२ रन जोडे । जवाफमा १६३ रनको लक्ष्य पुणेले खेलमा ५ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो । पुणेको जितमा अजिन्क्या रहानेको अजिवित ६३ रन महत्वपुर्ण रह्यो ।

जितसँगै पुणेले अंक तालिकामा सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ । ९ खेलबाट उसको ६ अंक छ । एक खेल कम खेलेका बैंग्लोर र पञ्जाव अंक तालिकामा पुणेभन्दा तल सातौं र आठौं स्थानमा रहेका छन् । दिल्ली भने अंक तालिकाको तेस्रो स्थानमा छ ।

आईपिएल क्रिकेट अन्तर्गत आज बेलुकी हुने खेलमा सनराईजर्स हैदरावाद र गुजरात लायन्स भिड्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर