newskoseli.Com

साहित्य संस्कृति पुरस्कार जोशीलाई

पण्डित टेकनाथ–शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार कैलाली धनगढीका मणिराज जोशीलाई बिहीबार प्रदान गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँलाई नगद रु दश हजार, ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

साहित्यकार र संस्कृतिविद् एवम् ज्योतिष विज्ञानका ज्ञातासमेत रहनुभएका जोशीलाई कार्यक्रमका प्रमुख अतिथि भाषाशास्त्री बालकृष्ण पोखरेलले पुरस्कृत गरे ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ खेम नेपाली, प्राज्ञ दधिराज सुवेदी लगायतको सहभागिता थियो ।

कार्यक्रममा स्वर्गीय टेकनाथ अधिकारीका बारेमा सोधपत्र लेख्ने प्रविणा खरेललाई प्रमुख अतिथि पोखरेलले ताम्रपत्रले सम्मानित गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर