newskoseli.Com

भारत जान लागेका २ बालकको उद्धार

भारत जान लागेका २ बालकलाई प्रहरीले बिहिबार बैतडीबाट उद्धार गरेकोे छ । उद्धार गरिनेमा बैतडी भूमिराज–८ खडायत गाउँका गोपाल खडायतका १४ वर्षीय छोरा रमेश खडायत र पिरजन खडायतका १५ वर्षीय छोरा रोशन खडायत रहेका जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिए ।

उद्धार गरिएका दुवैजनाका घरपरिवारलाई खबर गरी जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । प्रहरीले उनीहरुलाई बिहिबार बैतडी सदरमुकाम गोठलापानीमा रहेको बसपार्क क्षेत्रबाट उद्धार गरेको हो । उनीहरुलाई प्रहरीको टोलीले शङ्का लागेर सोधपुछ गर्दा भागेर भारत जान लागेकाले उद्धार गरिएको जनाएको छ ।

यसअघि बुधबार पनि भारत जान लागेका २१ जना बालबालिकालाई प्रहरीले बिहिबार बैतडीबाट उद्धार गरेको छ । उद्धार गरिएका मध्ये बैतडी घर भएका ५ बालकलाई आफन्तको जिम्मा लगाइसकेको र बझाङ घर भएका १६ बालकलाई बिहिबार परिवारको जिम्मा लगाइने जिप्रका, बैतडीले जनाएको छ ।

बझाङ घर भएका बालकलाई बैतडी प्रहरीले बिहिबार बझाङ प्रहरीको जिम्मा लगाई घरपरिवारको जिम्मा लगाउने तयारी गरेको हो । यस्तै प्रहरीले असोज ३ गते पनि बैतडीको सीमा नाका झुलाघाट भएर भारत जान लागेका बेला २ बालकसहित ३ जनाको उद्धार गरेको थियो ।

प्रहरीले असोज महिनामा मात्रै बैतडीबाट २६ बालबालिकाको उद्घार गरिसकेको छ । पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जानेको सङ्ख्या बढ्दै गइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर