newskoseli.Com

लाङटाङ क्षेत्रमा अाउन थाले पर्यटक

नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ–दस जना पर्यटकको आगमन हुन थालेकाले लाङटाङ तथा क्याङजेन क्षेत्रको रौनकता बढ्दै गएको छ ।

भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटल, लज र चिज उत्पादन कार्य सञ्चालन भइसकेको, पुनर्निर्माणका कार्य धमाधम अगाडि बढिरहेको, पुनर्निर्माणअन्तर्गत १०–१५ वटा नयाँ आवास निर्माण भइसकेको बताइएको छ ।

भूकम्पपछि कुनै बेला मानवविहीन क्षेत्रमा दाताहरुको सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा पुनर्निर्माणका कार्य धमाधम अगाडि बढिरहेको र अब छोटै अवधिमा लाङटाङको पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको लाङटाङ व्यवस्थापन पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर