newskoseli.Com

म बाँचेको नबाँचेको कुनै मिल्दो ठहर छैन

म  बाँचेको  नबाँचेको कुनै मिल्दो ठहर छैन

कथा मन्चन् भन्यौ साथी रुने मेरो रहर छैन||

 

लछारेरै  हिँड्यौ टाढा घृणा  गर्दै  मलाई नै

तिमीलाई नसम्झेको कुनै त्यस्तो प्रहर छैन||

 

छुट्यो नाता टुट्यो बाचा भयो यात्रा सधैं छुट्टै

तिमीलाई नखोजेको कतै आफ्नो शहर छैन||

 

गरैकै थें तिमी संगै कयौं यात्रा म जीवन मा

सके यात्रा गर्यौ संगै कुनै त्यस्तो कहर छैन ||

 

धरामा  यो सबै खोजें भुलें “आवास” मैले त्यो

भुलाऊने  घृणा  तिम्रो  एकै घुट्की जहर छैन||

 

मलेसिया,२१ फागुन ।, २१ फागुन:

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर