newskoseli.Com

चन्दा उठाएर भुम्जुडाँडासम्म सडक…

जिल्लाको पश्चिमी गाविस डिकुवाका स्थानीयले पर्यटकीयस्थल भुम्जुडाँडासम्म पुग्नका लागि चन्दा उठाएर सडक निर्माण गरेका छन् । भुम्जुडाँडा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै डिकुवाका १८ घर स्थानीयले १ हजारदेखि ५ हजारसम्म चन्दा उठाएर ३ किलोमिटर सडक निर्माण गरेका हुन् ।

 १४ लाख रूपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको सडकका लागि गाविसको ३ लाख रूपैयाँ सहयोग रहेको निर्माण उपभोक्ता समितिका संयोजक बागदल खत्रीले बताए । पर्यटकीयस्थल भुम्जुडाँडा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको डिकुवा गाविसमा पर्दछ । सदरमुकाम दिक्तेलबाट च्यास्मिटार–डिकुवा हुँदै भुम्जुडाँडा पुग्ने बाटो खुलाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

भुम्जुडाँडामा खोटाङको पश्चिमी गाविससँगै छिमेकी जिल्ला उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, सिराहा, सप्तरी, सुनसरी, मोरङलगायतका पर्यटक आउने गरेका छन् । पछिल्लो समय भुम्जुडाँडामा पर्यटकको आगमन वृद्धि हुँदै गएपछि उनीहरुको सुविधाका लागि चौतर्फी विकासमा स्थानीय लागिपरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर