newskoseli.Com

बार्यन म्युनिखलाई लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि

बार्यन म्युनिखले लगातार चौंथो पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ । लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा इंगोस्टाडलाई २–१ ले हराएर बार्यनले लिगको एक खेलअघि नै उपाधि पक्का गरेको हो ।

शनिबार रातिको खेलमा बार्यनका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे । १५ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै लेवान्डोस्कीले बार्यनलाई सुरुवाती अग्रता दिलाए ।

३२ औं मिनेटमा लेवानडोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ४२ औं मिनेटमा हार्टमान्नले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै इंगोस्टाडका लागि एक गोल फर्काए ।

बार्यनले योसँग लगातार चौंथो तथा समग्रमा २५ औं पटक बुन्डेसलिगाको उपाधि जितेको छ । लगातार चौंथो पटक बुन्डेसलिगाको उपाधि जित्ने बार्यन पहिलो टिम हो ।

विजेता बनेको बार्यन म्युनिखको एक खेल बाँकी हुँदा ८५ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको ७७ अंक छ ।

शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुण्ड एन्ट्रयाक्ट फ्र्यांकफर्टसँग १–० ले हार्नु तथा बार्यन विजयी हुनुले बोरुसियाको उपाधि होड समाप्त भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर