newskoseli.Com

पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले हरायो

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार राति सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ ।

पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले हराएको हो । पञ्जावले पेस गरेको एक सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो ।

दिल्लीका क्विन्टन डी ककले ३० बलमा ५२, सन्जु सामसनले ३५ बलमा ४९ तथा करुण नाएरले २५ बलमा २३ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । पञ्जावका मार्कस स्टोइनिसले तीन विकेट लिए ।

यसअघि मोहालीमा पहिले ब्याटिङ गरेको पञ्जावले पाँच विकेटको क्षतिमा एक सय ८१ रन बनायो । उसका लागि ऋद्धिमन साहले ३३ बलमा ५२ तथा मार्कस स्टोइनिसले ४४ बलमा ५२ रन बनाए ।

यस्तै कप्तान मुरली विजयले १६ बलमा २५ रन बनाए । दिल्लीका क्रिस मोरिसले दुई विकेट लिए । अहिलेसम्म खेलेका ९ खेलमा तीनमा विजयी र ६ मा पराजित भएको पञ्जाव ६ अंकसहित पुछारमा छ ।

९ खेलमा पाँचमा विजयी र चारमा पराजित भएको दिल्ली १० अंकसहित तेस्रो स्थानमा छ । हिजो भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हराएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर