newskoseli.Com

अन्तर्राष्ट्रिय गोल्डकप आगामी पुस ८ गतेदेखि सुरु

अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौं सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औं राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १७ गतेसम्म सञ्चालन हुने भएको हो ।

फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता पूर्वी पहाडी जिल्लामा सञ्चालन हुने खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशि भएको खेल मानिन्छ ।

प्रतियोगितामा विजेता टोलीले २ लाख ५० हजार रूपैयाँ र उपविजेताले १ लाख ५० हजार रूपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले राससलाई जानकारी दिए ।

क्लबका महासचिव पासाङ तामाङले यो वर्षको फुटबलमा भुटान, सिक्किम र दार्जिलिङका अन्तर्राष्ट्रियसहित नेपालका काठमाडौं, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी १० टोलीले भाग लिने भएका छन् ।

प्रतियोगिता सञ्चालन गर्न जिल्ला विकास समिति, फिदिम नगरपालिका तथा बाइबाइ तयारी चाउचाउ, रुस्लान भोट्का र जिओनी मोबाइललगायतका कम्पनीले सहयोग गर्ने क्लबका उपाध्यक्ष दीपेन्द थापाले बताए ।

क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न फुटबल मैदानमा प्याराफिट निर्माण गर्ने तयारी थालेको छ । प्रतियोगिता लागि  २८ लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर