newskoseli.Com

अष्ट्रेलियाबाट ल्याइएका बाख्राबाट जन्मिने पाठापाठी मर्ने समस्या

प्रविधि प्रसारका लागि अष्ट्रेलियाबाट ल्याइएका उन्नत जातका बाख्राका पाठापाठीमा रोग लागेर मर्ने समस्या देखिएको छ । कैलालीको बुढेतोलास्थित बाख्रा विकास फर्ममा अष्ट्रेलियाबाट ल्याएर पालिएका‘अफ्रिकन ब्वायर‘ जातका यी बाख्रा ब्याउँदा २ देखि ३ वटासम्म पाठापाठी जन्मेपनि कतिपय पाठापाठी मर्ने समस्या देखिएको फर्मका प्राविधिक घनश्याम तिवारीले बताए ।

‘फर्ममा २५ वटा बाख्रा गएको फागुनमा ल्याइएकामा २ वटा मरेका छन्, तिवारीले भने— “यी बाख्राबाट अहिलेसम्म जन्मिएका २९ पाठापाठीमध्ये १४ वटा जन्मिने वितिक्कै मरेको तिवारीले बताए ।

यी बाख्रा हाल अध्ययनको चरणमा समेत रहेको फर्मका अर्का प्राविधिक गोरखबहादुर धामीले बताए । कृषि तथा खाद्य सुरक्षा आयोजनाको पहलमा ल्याइएको एउटा बाख्राको २ लाख ५० हजार रूपैयाँ मूल्यमा अष्ट्रेलियाबाट ल्याएको थियो ।

सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यान्वयनमा छ । आयोजनाले सिफारिस गरेका किसानलाई फर्मले यी बाख्राका पाठापाठी बिक्री वितरण गर्ने लक्ष्य राखेको छ ।

यी बाख्रा नेपालमा पाइने विभिन्न जातका बाख्रा भन्दा बढी तौलका भएकोे बताइएको छ । फर्ममा यसबाहेक खरी जातका बाख्रापालन हुँदै आएको छ । विस २०५८ अघि जमुनापारी जातका बाख्रापालन हुँदै आएको थियो ।

पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय अन्तर्गतको यो फर्मले उत्पादित खरी नश्लका बोका एवम् पाठापाठी स्रोत बीउका रुपमा स्थापनाकालदेखि नै किसानलाई उपलब्ध गराउँदै आएको छ । चालु वर्षमा २ सय ५० वटा पाठापाठी उत्पादन गर्ने लक्ष्य रहेकामा लक्ष्य पूरा भई बिक्री वितरण हुन भने बाँकी रहेको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर