newskoseli.Com

न्यूनचापीय प्रभावले मौसममा खराबी, पूर्वी भेगमा वर्षात् हुने

न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ । सतहदेखि १.५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिए ।

मौसममा बदली भएकाले साेमबार उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ । मौसमविद् कँडेलका अनुसार आकासमा बादल लागेपछि न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घटेकाले केही चिसो बढेको छ ।

पूर्वी पहाडका केही स्थानमा साँझपख छिटफुट वर्षात् हुने सम्भावना छ । ‘पोष्ट’ मौसम सिजनको अन्त्य र चाँडो मौसम ‘विन्टर’ सिजनको सुरुवाती चरण भएकाले पनि चिसो बढेको उनले उल्लेख गरे । नेपालमा सामान्यतः जाडो मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म मानिन्छ ।

मध्यमाञ्चलसँग जोडिएका छिमेकी जिल्लामा समेत बदली भएको छ । यो प्रणाली अझै १-२ दिन जारी रहने बताइएको छ । महाशाखाका अनुसार साेमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.५ र अधिकतम तापक्रम २२.४ रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर