newskoseli.Com

दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा साेमबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलङ्काले ४.३ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि ज्योति पाण्डेले १६ रन बनाउनबाहेक अन्य वाट्सओम्यानले बिर्सन लायक प्रदर्शन गरे । सीता राना मगरले ४ तथा कप्तान रुविना क्षेत्रीले १ रन बनाए भने अन्य सबै व्याट्सओम्यान शून्य रनमा पेवेलियन फर्किए । नेपालका लागि कप्तान रुविना र करुणा भण्डारीले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । नेपालले अर्को खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर