newskoseli.Com

बैङ्लोरसँग पञ्जाव एक रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोर विजयी भएको छ । मोहालीमा भएको खेलमा बैंङ्लोरले किंग्स इलाभेन पञ्जावलाई १ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंङ्लोरले १७५ रन बनाएको थियो । १७६ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाव ४ विकेट गुमाई १७४ रन मै सिमित भएको हो ।

पञ्जावका लागि लागि मुरली विजयले ५७ बलमा ८९ रनको महत्वपूर्ण योगदान दिए पनि टोलीलाई जिताउन भने सकेनन् । त्यसैगरी मार्कस स्टोइनिसले २२ बलमा नटआउट ३४ तथा हासिम अमलाले २० बलमा २१ रन बनाए ।

बैङ्लोरका सेन वाटसनले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंङ्लोरले ६ विकेटको क्षतिमा १७५ रन बनायो । उसका लागि एबी डिभिलियर्सले ३५ बलमा ६४, लोकेश राहुलले २५ बलमा ४२, सचिन बेबीले २९ बलमा ३३ तथा कप्तान विराट कोहलीले २१ बलमा २० रन बनाए ।

पञ्जावका सन्दिप शर्मा र केसी कोरिअप्पाले दुई–दुई विकेट लिए । ९ खेलबाट ८ अंक जोडेको बैंङ्लोर सातौं तथा १० खेलबाट ६ अंक जोडेको पञ्जाव पुछारमा छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर