newskoseli.Com

गायत्री थापाको सम्झनामै रह्यौ…

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

चर्चित लोकगायिका, रचनाकार एवं शिवदर्शन फिल्म प्रा.लि. की अध्यक्ष गायत्री थापाको नयाँ कोसेली ‘सम्झनामै रह्यौ’ हालै युट्युबमार्फत सार्वजनिक भएको छ ।

माया–पिरतीमा आधारित अत्यन्तै मार्मिक यस गीतको रचनाकार पनि गायत्री नै हुन् । पुष्कल शर्मा र कोपिला छिनालको स्वरले सजिएको यस गीतको लय समेत कोपिला छिनालले नै सिर्जना गरेकी हुन् ।

यस गीतमा दुर्गेश थापा, अपेक्षा बस्याल र सन्तोष श्रेष्ठले अभिनय गरेका छन् । गायत्री थापाकै निर्देशनमा तयार भएको यो सिर्जनाको सम्पादन प्रविण रेश्मी मगरले गरेका हुन् भने छायाङ्कन करन चैसिरले गरेका हुन् । गीत शिवदर्शन फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर