newskoseli.Com

चर्चित गायक आनन्द कार्कीको १५ औं एल्बम लभ यू फरेभर

चर्चित गायक आनन्द कार्कीले आफ्नो १५ औं एल्बमकासाथ नेपाली सांगितिक जगतका फेरी छाएका छन् । गत साता राजधानी आयोजित समारोहको साथ उनले आफ्नो १५ औं एल्बर्म लभ यू फरेभर’ को बिमोचन गरिएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतका दिपक जंगम, संगीतकार शक्तिबल्लभ, गीतकार डा. कृष्णहरि बराल,गीतकार दिनेश अधिकारी लगायतले एल्बमको संयुक्त रुपमा बिमोचन गरेका हुन्।

एल्बम बिमोचन पश्चात कार्यक्रममा बोल्दै गायक कार्कीर्ले संघर्षका दिनहरु पार गर्दै आफ्नो यो १५ औं एल्बमसम्म आइपुगेको छु।’ उनले विगतको एल्बमले समेटन नसकेको, नभ्याएका अधुरो सपनालाई यो एल्बममा समेटेको दाबी गरे । उक्त कार्यक्रममा गाएक कार्की,उनकी धर्मपत्नी ईश्वरी कार्की तथा छोरा अर्जुन कार्कीद्धारा संयुक्त रुपमा पे्रमध्वज प्रधान,उन्नति बोहरा,दिपक जंगम,कृष्णहरी बराल लगाएत लाई  सम्मान गरेको थियो ।
उक्त एल्बमर्मा आज फुल सँग साटे, यो मन तिमीलाई दिए, स्वदेशी सामानको प्रयोग गरौं,ए मेरी मायाँ, जीवनमा धेरै खोला तर्नु छ , देखें जब देखि,छाडी जाँर्दै छु म शहर, खुलेनन् कि नयन तिम्रो, यो मन तिमीलाई दिएँ, मरे भने प्रियसी म…….।’ गरी दश गीत समावेश छन् ।

सो कार्यक्रममा नेपाली गित संगितका जगतका अग्रज व्यक्तिहरु गितकार राजेन्द्र थापा, गितकार श्रीपुरुष ढकाल, गायक रविन शर्मा,संगितकार राजु सिंह, , गीतकार प्रकाशबाबु थापा, गायिका कुन्ती मोक्तान लगायतका उपस्थिति रहेको थियो । एल्बम निकाल्ने क्रममा क्रमशःगायिका इन्दिरा जोशी, गीतकार प्रकाशबाबु थापा,संगितकार संजय खड्की, गायिका सुविना कार्की र संचारकर्मी मन्जु कार्की लगायत २० जनालाई मायाको चिनो प्रदान गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर