newskoseli.Com

विमान दुर्घटनामा परेको ब्राजिली क्लबलाई फुटबल खेल्न बार्सिलोनाको निम्तो

स्पेनिस क्लब बार्सिलोनाले विमान दुर्घटनामा प्रायः सबै खेलाडी गुमाएका ब्राजिलियन क्लब चापाकोइन्सेलाई अघिल्लो वर्ष आफ्नो क्लबले आयोजना गर्ने जोआन गाम्पेर ट्रफीमा सहभागिताका लागि निम्तो पठाएको छ।

ब्राजिलियन क्लब चापाकोइन्सेका खेलाडी दक्षिण अमेरिकाको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकानाको फाइनलमा सहभागी हुन कोलम्बिया जाँदै गर्दा मेडलिन विमानस्थलभन्दा केही अगाडि दुर्घटनामा परेका थिए। चापाकोइन्से स्थानीय एट्लेटिको नासियोनलसँग फाइनलको पहिलो लेगको खेल खेल्न मेडलिनतर्फ लागेको थियो।

दुर्घटनामा क्लबका १९ खेलाडीको ज्यान गएको थियो। ३ खेलाडीलाई जीवित उद्धार गरिएको थियो। बार्सिलोनाले सम्मानस्वरुप आगामी प्रतियोगिताका लागि चापाकोइन्सेलाई निम्तो दिएको बताएको छ।

बार्सिलोनाले आफ्नो संस्थापक अध्यक्ष हान्स म्याक्स गाम्पेर हाइसिङको सम्झनामा १९६६ देखि यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। स्पेनिस फुटबलको सिजन अगाडि अन्तर्राष्ट्रिय फुटबलका केही नाम चलेका क्लबहरूलाई डाकेर बार्सिलोनाले प्रतियोगिताको आयोजना गर्ने गर्छ। केही वर्षदेखि रोमा, सान्तोष, एसी मिलान, नेपोली, बोका जुनियर्स र साम्पडोरियाजस्ता नामुद क्लब प्रतियोगितामा सहभागी बन्दै आइरहेका छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर