newskoseli.Com

गायिका शान्ता : निधनअघिको अन्तिम गीत (भिडिओसहित)

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्–

साङ्गीतिक क्षेत्रमा स्थापित हुँदै गरेका कलाकार हुन् अशोक केसी । करिव एक वर्षको अन्तरालमा थुप्रै म्युजिक भिडिओमा अभिनय गरिसकेका उनी शब्दसर्जक समेत हुन् ।

‘म मरेको पल’ शब्दलेखनका साथै अभिनयबाट पहिलो एल्बम लिएर बजारमा प्रवेश गरेका केसीको दोस्रो एल्बम ‘सम्बन्ध नै तोड्यौ’ शीर्षकको मार्मिक गीत बजारमा सार्वनिक भैसकेको छ । केसीको यस गीतको शब्द अत्यन्त मार्मिक वियोगान्त् भावमा रहेको छ । सोही शब्दअनुसार गीतकी गायिका शान्ता रोका मगरको जीवनसँग संयोग बन्न पुग्यो । दुर्भाग्य ! गायिका शान्ता रोका मगरको सवारी दुर्घटनामा मृत्यु हुन गयो ।

music-video‘घटना र परिस्थिति जे भयो, हामीले उनै गायिकाको सम्झना रहने गरी भिडिओ निर्माण गरेका छौं र सोही गीतबाट सङ्कलित रकम उनै गायिका शान्ताको परिवारलाई उपलब्ध गराउनेछौं’, मोडल तथा सर्जक अशोक केसीले बताए । ‘हामीले धेरै दुःखका साथ यो गीत सार्वजनिक गरेका हौं। हामी चाहन्थ्यौं, उनी गायिकालाई यसै भिडियोमा देखाउन, तर बिडम्बना भैदियो’ केसी दुःखित हुँदै भन्छन् ।

यस गीतमा शान्ताको भूमिकामा मोडल सपना लामिछानेले ज्वलन्त अभिनय प्रस्तुत गरेकी छन् भने मुख्य भूमिकामा गीतकार केसी र सिताराम सुनार छन् । जीवन सेन्चुरीले गीतको निर्देशन तथा सम्पादन गरेका हुन् । रामेश्वर हुमागार्इंले छायाङ्कन गरेका हुन् । “सम्बन्ध नै तोड्यौ” बोलको यस गीतलाई जे.आर.सी. मिडियाले बजार व्यवस्थापन गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर