newskoseli.Com

सातौं राष्ट्रिय खेलकुद : टेनिस पोखरामा

नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये टेनिस खेल भोलिदेखि पोखरामा सुरु हुने भएको छ ।

नेपाल टेनिस सङ्घद्वारा शुक्रबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागी टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५ विकास क्षेत्रका ५ टिम गरी ८ टिमको सहभागिता रहने जानकारी दिइयो ।

प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६६ खेलाडीबीच १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणाले जानकारी दिए । उनका अनुसार पूर्वाञ्चलमा टेनिस कोर्टहरु एकै ठाउँमा नभएका कारण प्रतियोगिता पूर्वाञ्चलमा सञ्चालन गर्न केही कठिन भएकाले पोखरामा आयोजना गरिन लागेको हो ।

प्रतियोगितामा महिला तथा पुरुषको टिम इभेन्ट, मेन्स सिङ्गल, डबल तथा महिला सिङ्गल, डबलतर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुस ९ मा पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर