newskoseli.Com

मंगलबार यसरी राेकियाे वैद्य माअाेवादीकाे विभाजन

झन्डै १ महिनादेखि केन्द्रीय समितिकाे बैठक बाेलाउन अस्वीकार गर्दै अाएका अध्यक्ष मोहन वैद्यले जेठ २ गते बस्नेगरी पार्टी केन्द्रीय समितिकाे बैठक बाेलाइदिएपछि उनलार्इ समेत एमाअाेवादीसँग गर्ने एकतामा सहभागिता जनाउन मनाउने भन्दै मंगलबार बाेलाइएकाे महासचिव थापापक्षीय केन्द्रीय समितिकाे बैठक स्थगित भएकाे छ ।

महासचिव पक्षले अाह्वान गरेकाे बैठक राेकिएर ‘अनाैपचारिक छलफल’ मा बदलिएपछि मंगलबारै अाैपचारिक विभाजनमा बदलिन लागेकाे वैद्य माओवादीको फुट केही दिनलाई टरेको छ ।

अध्यक्ष वैद्य स्वयमले नै जेठ २ गते बैठक बोलाएपछि उनलार्इ नै एकता प्रक्रियाको नेतृत्व गर्न अाह्वान गरेर सकेसम्म उनीसहित एकतामा जान ‘अन्तिम प्रयत्न गर्ने’ भन्दै थापाले अाफू पक्षीय केन्द्रीय समितिकाे बैठक स्थगित गरेर अनौपचारिक भेलामा परिणत गराएका हुन् ।

पार्टीकाे नेवाः राज्य समिति कार्यालय कुपण्डोलस्थित बैकुन्ठ–चेत स्मृति सांस्कृतिक हलमा बसेको अनौपचारिक बैठकमा थापाले हालसम्म अाफ्नाे पार्टीभित्र तथा एमाअाेवादीसहित एकतामा सामेल हुने अरू पक्षसँग भएका छलफल र प्रगतिकाे स्थितिबारे ब्रिफिङ गरे ।

क्रान्तिकारी माअाेवादीकी प्रवक्ता पम्फा भुसालले अध्यक्ष वैद्य पक्षधर सदस्यहरुको अनुपस्थितिमा बैठक बसेर पार्टी एकताको अन्तिम निर्णय लिँदा नराम्रो सन्देश जाने ठहर गरेर बैठक स्थगित गरिएको जानकारी दिएकी छन् । बहुमत सदस्य एमाओवादीसँग एकता गर्नुपर्ने पक्षमा रहेको भन्दै प्रवक्ता भुसालले सकेसम्म अध्यक्ष वैद्यलाई पनि एकतामा सामेल हुनका लागि मनाउन अन्तिम प्रयास गरिने बताइन् ।

महासचिव थापाले जेठ २ गतेसम्म अध्यक्ष वैद्यसँग छलफल गरी अन्तिम प्रयास गर्नेछन् रउनी एकतामा जान असहमत भए अाफ्नै नेतृत्वमा एकता प्रक्रिया अघि बढाउने भएका छन् ।

र, यी सामग्री पनि पढ्नुहाेस्–

एमाओवादी विघटित हुँदै, ‘नयाँ माओवादी’ जन्मँदै

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर