newskoseli.Com

व्याडमिन्टनमा पुरुष र महिला दुवैमा नेपाली सेना र शसस्त्र प्रहरी फाइनलमा

 सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिवार झापाको काँकडभिट्टामा भएको खेलमा व्याडमिन्टन टिम इभेन्टस्तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष टिम इभेन्टसतर्फ सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको हो । यस्तै शसस्त्र प्रहरीले नेपाल प्रहरीलाई ३–२ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यस्तै महिला टिम इभेन्टसतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको छ । यसैगरी शसस्त्र प्रहरीको एपिएफ क्लबले आयोजक पूर्वाञ्चललाई २–० ले हराउँदै फाइनल पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर