newskoseli.Com

‘फूलको दिलमा पत्थरले हान्दियौ, रुँदारुँदै मुर्छा परेछु’

गायक अर्जुन केसीले श्रोता–दर्शकमाझ नयाँ कोसेली प्रस्तुत गरेका छन् । केसी ‘फूलको दिलमा पत्थरले हान्दियौ, तिम्लाई सम्झी रुँदारुँदै मुर्छा परेछु’ बोलको लोकगीत लिएर आएका हुन् ।

मायापिरतीमा आधारित उनको यस लोकगीत भर्खरै मात्र युट्युबमार्फत सार्वजनिक भएको हो । अर्जुन केसी र कोपिला छिनाको स्वरलहरीले सजिएको यस गीतलार्इ शिवदर्शन फिल्मस् प्रा.लि. ले बजारमा ल्याएको हो । संगम परियारले संगीतबद्ध गरेको यस गीतमा लय भने कोपिला छिनालकै रहेको छ ।

गीतमा अर्जुन केसी, आशा खड्का र संगम परियारले अभिनय गरेका छन् । भिडियो निर्देशन सिर्जना बराल, छयाङ्कन रेशम दर्लामी र सम्पादन प्रविन रेश्मी मगरले गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर