newskoseli.Com

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ ।

ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् ।

ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लो पटक गराएको जानकारी अनुसार ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ ।

नेपाली र चिनियाँ संयुक्त लगानीमा अगाडि बढाइएको सो आयोजनाले विगत केही दिन पहिलेबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ ।

यस्तै २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजना पनि निर्माण भएको छ । त्यसैगरी १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् ।
नदी प्रवाहमा आधारित ती जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेको जनाए पनि अवस्था भने त्यस्तो नरहेको बताइन्छ । ऊर्जा मन्त्रालयले ९७ मेगावाट विद्युत् उत्पादन सुरु भएको जनाए पनि हाल ५० मेगावाट क्षमता मात्रै जोडिएको बताइन्छ ।

चिनियाँ लगानीकर्ता सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मस्र्याङदीको विद्युत् जोडिएपछि कास्की, तनहुँ र पोखरामा थप सहजता भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर