newskoseli.Com

राष्ट्रिय फुटबल रेफ्री सुरज मानन्धरको खेलजीवनबाट सन्यास

 पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर अाएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् ।

आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि औपचारिकरुपमा सन्यास लिएको बताए ।

विसं २०४६ बाट काठमाडौँस्थित ब्वाइज स्पोट्र्स क्लबमार्फत खेलको सुरु गरेका मानन्धरले मनाङ मस्र्याङ्दी, एनआरटीलगायतका क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका थिए । उनले २०५९ मै व्यावसायिक खेल जीवनबाट सन्यास लिएका  छन्।

रेफ्री बनेपछि हालसम्म ४७ प्रतियोगितामा ९७ खेल खेलाउनु भएका उनले अब नयाँ पुस्तालाई स्थान दिनको निम्ति आफूले खेल जीवनबाटै सन्यास लिएको बताए। उनको सन्यासको घोषणा पछि खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै त्रिवेणी क्लबले सम्मान गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर