newskoseli.Com

सडकमा युवती जिस्क्याउँदा नाङ्गेझार बनाएर चारपाटा मुडियो

भारतमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढ्दै गएको परिस्थितिमा लुधियानाकी एक युवतीले भने साहसिक प्रतिकारमात्र गरिनन्, अन्य युवतीका लागि उदाहरणसमेत प्रस्तुत गरेकी छन् ।

आफूलाई जिस्क्याइरहेको एक युवकलाई उनले पहिला त आफ्नो चप्पलले पिटिन् । मानिसहरु भेला हुन थाले, भीडले पनि ती युवकलाई पिट्न थाल्यो । मानिसहरुले ती युवकको चारपाटा मुडिदिए ।

बीच सडकमै पीडित युवतीले ती युवकको पाइन्ट खोलिदिइन् । नाङ्गो बनाएर ती युवकलाई पिटियो । यतिले पनि रिस नमरेपछि ती युवतीले उक्त युवकको हातमा चुरा लगाइदिइन् ।

सो दृष्यलाई कयौंले आफ्नो मोबाइल र क्यामेरामा कैद गरे । अनि सबै आ–आफ्नो गन्तव्यतर्फ लागे ।

ती युवती र उनीसँगै जम्मा भएको भीडले कानुन हातमा लिएको भए पनि प्रहरी समक्ष सो घटनाबारे कुनै उजुरी नपरेका कारण कसैविरुद्ध कारवाही अघि नबढाइएको भारतीय संचारमाध्यमले प्रहरी अधिकारीलाई उद्धृत गर्दै जनाएका छन् ।

भारतीय संचारमाध्यमले ती युवक र पीडित युवतीको परिचय भने खुलाएका छैनन् । यद्यपि घटनाको दृष्य कैद गरिएको भिडियो र तस्वीरहरु भने व्यापक प्रचार भइरहेको छ । (एजेन्सी)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर