newskoseli.Com

मनाङमर्स्याङ्दी सेमिफाइनलमा

‘ए’ डिभिजन क्लब मनाङमर्स्याङ्दी धनगढीमा जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वार्टर फाइनलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २–० गोलले हराउँदै मनाङमर्स्याङ्दी सेमिफाइनलमा पुगेको हो ।

मनाङमर्स्याङ्दीको जितमा ५१औं मिनेटमा ओलावा ओफिज र ८९औं मिनेटमा सुशील लामाले गोल गरेका थिए । बुधबार अन्तिम क्वार्टरफाइनलमा नेपाल आर्मी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मनाङसँगै भारतको दिल्ली युनाइटेड र आयोजक सुदूरपश्चिम– ११ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनलमा मनाङमर्स्याङ्दीले दिल्ली युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदूरपश्चिम– ११ ले भने सेमिफाइनलमा नेपाल आर्मी र सङ्कटाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पुस २१ देखि जारी प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ र उपविजेताले २ लाख ५१ हजार रूपैयाँ पाउनेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर