newskoseli.Com

वेस्ट ह्यामसँग हार्‍यो म्यानचेस्टर युनाइटेड

इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । म्यानचेस्टर लागि महत्वपूर्ण मानिएको खेलमा वेस्ट ह्यामले ३–२ ले पराजित गरेको हो ।

हारसँगै म्यानचेस्टर युनाइटेडको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर भएको छ । युनाइटेडलाई चौथो स्थानमा रहेर लिग अन्त्य गर्नका लागि वेस्ट ह्यामलाई हराएर बर्नमाउसँगको लिगको अन्तिम खेल पनि जित्नुपर्ने थियो ।

डायफ्रा साकोले १० औं मिनेटमा गोल गर्दै वेस्टह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडका लागि एन्थोनी मार्सलले ५१ औं र ७२ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाए ।

तर वेस्ट ह्यामका लागि मिकेल एन्टोनियोले ७६ औं र विनस्टन रिडले ८० औं मिनेटमा गोल गर्दै ३–२ को जित दिलाए ।

जितपछि छैठौं स्थानमा उक्लिएको वेस्टह्याम पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा एक अंकले मात्र पछि छ । हारपछि पनि म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेर लिग समाप्त पार्ने सम्भावना भने कायमै छ ।

तर त्यसका लागि अहिले चौथो स्थानमा रहेको म्यानचेस्टर सिटी अन्तिम खेलमा हार्नुपर्ने छ भने म्यानचेस्टर युनाइटेड विजयी हुनुपर्ने छ ।

चौथो स्थानको सिटीको ६५ अंक छ भने म्यानचेस्टर युनाइटेडको ६३ तथा वेस्टह्यामको ६२ अंक छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर