newskoseli.Com

सोमबारे दर्शनार्थीलाई १ सय ८ रुपैयाँमै चन्द्रागिरि केबलकार

माघ महिनामा पर्ने सोमबार ‘भगवान् शिव’ का लागि पवित्र बार हुने विश्वासअनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०७३ माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १ सय ८ जनाले १ सय ८ रुपैयाँमा नै टिकट प्राप्त गर्नेछन् । यस व्यवस्थाअन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । यसरी खरिद गरिएका टिकट सोही दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा १ सय ८ टिकट लिनेहरुले अन्य छुट पाउने छैनन् ।

हसाउन २४ देखि व्यावसायिक सञ्चालनमा आएको चन्द्रागिरि केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर ३० म उद्घाटन गरेका थिए । विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघन्टा १ हजार जनासम्म यात्रु बोक्ने क्षमता राख्दछ ।

केबलकार सञ्चालनमा आएदेखि २०७३ पुस मसान्तसम्ममै २ लाख ८९ हजार ४ सय १५ जनाले यात्रा गरिसकेको कम्पनीले जनाएको छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोर्स्ट एन्ड सुलिभानले चन्द्रागिरि हिल्स लिमिटेडलाई  ‘बेस्ट न्यु डेस्टिनेसन अवार्ड २०१६’ बाट सम्मानित समेत गरिसकेको छ ।

दर्शनार्थीहरूका लागि चन्द्रागिरि हिल्सका थप सुविधा

Chandragiri Cable Carचन्द्रागिरि केबलकार चढेर भालेश्वर दर्शन गर्न तथा घुम्न चाहने दर्शनार्थी–पर्यटकहरुका लागि कम्पनीले ४२ सिट क्षमता भएको अशोक लेलेन्डको निःशुल्क बस सेवाको व्यवस्था गरेको छ ।

बसहरु प्रत्येक दिनबिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्नेछन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्नेछ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकारसम्म पुग्नेछ । यी बसहरु तत् स्थानहरु हुँदै फर्कनेछन् ।

चन्द्रागिरि केबलकारको टिकट काठमाडौंस्थित आईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ ।

चन्द्रागिरि हिल्स लिमिटेड

Chandragiri Hills

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाइलाई एक दिन लम्ब्याउने उद्देश्यले यस पर्वतमा चन्द्रागिरि हिल्स लिमिटेडको स्थापना गरिएके कम्पनीको भनाइ छ ।

समुद्री सतहबाट करिव १ हजार ५ सय मिटरको उचाईमा रहेको चन्द्रागिरि फेदीबाट केबलकार चढेर २ हजार ५ सय ५१ मिटरको उचाईमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ । म्यानुअल बालउद्यान, भ्यु टावर, रेस्टुरेन्टर, बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरि पर्वतबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृङ्खलासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्र समेत देख्न सकिन्छ ।

यहाँबाट चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ । सम्भवतः नेपालकै पहिलो अपाङ्गमैत्री भौतिक संरचना यहाँको अर्को विशेषता रहेको कम्पनीको दावी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर