newskoseli.Com

काठमाडौंको धूलोमाथि गायक विदुरको हमला (भिडियोसहित) !

BidurJiगायक विदुर घिमिरेको ‘काठमाण्डूको धूलोले’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । ‘स्याडो क्रियसन’ मार्फत सार्वजनिक भिडियोको निर्देशन गायक घिमिरेले नै गरेका हुन् भने गीतमा आवाज पनि उनकै रहेको छ ।

चक्रपथ आसपासमा छायांकन गरिएको यस गीतलाई मनोज सुवेदीले क्यामेरामा कैद गरेका हुन् । प्रदिप दाहालले सम्पादन गरेको यसकी रचियता भने सहारा ढुंगाना हुन् । गीतम धूलोका कारण काठमाडौंवासीले खेप्नुपरेको पीडालाई शब्द र दृस्यमार्फत उजागर गरिएको छ ।

सुक्खा मौसम र अस्तव्यस्त मा सडक निर्माण कार्यका कारण काठमाडौंबासीले खेप्नुपरेको पीडालाई जस्ताको तस्तै उतारिएको गायक विदुर घिमिरेले न्युजकोसेलीलार्इ बताए । समसामयिक विषयमा आधारित रहेर तयार पारिएकाले यो गीत दर्शक–स्रोताको मन जित्न सफल हुनेमा आफू ढुक्क रहेको घिमिरेले बताए ।

गीतमा पुरन्जन थापामगर, रोजी कुँवर, विनोद कुँवर, प्रभु सापकोटाको अभिनय समेटिएको छ भने मेकअप आर्टिस्ट बिना पाण्डे रहेकी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर