newskoseli.Com

एसियन कप २०१९ का लागि छानिए ३६ खेलाडी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्समा हुने एफसी एसियन कप छनोट–२०१९ का लागि ३६ जना खेलाडी छनोट गरेका छन् ।

नोभेम्बरमा एएफसी सोलिडारिटी कप जितेको टोलीका २३ र बाँकी १३ गरी ३६ खेलाडी छनोट गरिएको हो । यी खेलाडीको बन्द प्रशिक्षण फागुन १ देखि हुनेछ ।

छनोट भएका खेलाडीमा रविन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, दिपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, राजन विष्ट, अनिल गुरुङ, हेमन गुरुङ, विकराम लामा तथा कमल श्रेष्ठ छन् ।

त्यसैगरी अन्जन विष्ट, सुजल श्रेष्ठ, किरण लिम्बू, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जित धमाल, एलन न्यौपाने, कर्ण लिम्बू, युवराज खड्का, रवि पासवान र विश्व अधिकारी छन् ।

विमल पाण्डे, सुनिल बल, जितेन्द्र कार्की, दिनेश राजवंशी, रोहित चन्द, हेमन्त थापामगर र विमल बस्नेत पनि छनोटमा परेका छन् । एएफसी एसियन कपमा नेपालले आफनो पहिलो खेल आयोजक फिलिपिन्ससँग चैत १५ गते खेल्नेछ । अन्तिम चरणको छनोटमा २४ टोली सहभागी छन्, जसलाई ६ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्ने दुई टोली एसियन कपमा छनोट हुनेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर