newskoseli.Com

वैशाखमा ४ लाख पुरस्कारको महिला क्रिकेट

वैशाख १४ देखि अत्तरिया, कैलालीमा देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी क्लबले प्रतियोगितामा ४ लाखभन्दा बढी नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।

पुरुष क्रिकेटले आशातीत सफलता हासिल गर्दै गएको अवस्थामा महिला क्रिकेटको समेत स्तर बढाउन देशमै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रवि खनालले बताए ।

प्रतियोगिताका विजेताले २ लाख र उपविजेताले १ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट ब्याट्स ओमन, उत्कृष्ट बलर र उत्कृष्ट किपरलाई जनही १०–१० हजार रूपैयाँ र प्रत्येक खेलका ‘ओमन अफ द म्याच’ लाई ३ हजार रूपैयाँ पुरस्कार दिइनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर