newskoseli.Com

सुविधासम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र बनाइयो

क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षणका लागि आइतबारबाट धनगढीमा सुविधासम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र औपचारिक रुपमा उद्घाटन भएको छ ।

क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षणका लागि झन्डै ८ लाख रूपैयाँको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेट खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधासम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको स्थापना गरिदिएका हुन् ।

कैलाली जिल्ला क्रिकेट सङ्घले पनि धनगढीको कभर्ड हलमा प्रशिक्षण दिँदै आएको छ । नयाँ–नयाँ प्रविधि र सुविधासहित खेलाडीलाई प्रशिक्षण दिनका लागि स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको क्रिकेटर पदम केसीले बताए ।

क्रिकेट खेलमा जुनियर खेलाडीलाई प्रशिक्षण दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको प्रशिक्षण केन्द्रमा अहिले स्वयम् केसीले प्रशिक्षण दिनेछन् भने केही समयपछि भारतबाट प्रशिक्षक ल्याएर प्रशिक्षण गराइने केसीले जानकारी दिए । क्रिकेटलाई व्यावसायिक बनाउने लक्ष्य लिएको क्रिकेट प्रशिक्षण केन्द्रले युवा खेलाडी जन्माउन प्रशिक्षण केन्द्र स्थापना गरिएको केसीको भनाइ छ ।

लामो समयसम्म सुदूरपश्चिमको क्षेत्र नं ६ र क्षेत्र नं ९ बाट राष्ट्रिय क्रिकेट खेल्दै आएका केसीले ३ वर्ष विदेशमा पनि बिताएका छन् । आफूहरुले क्रिकेट खेल्ने समयमा भोगेका समस्या भोग्नु नपरोस् भनेर केसीले आफूलाई खड्किएको अभावलाई महसुस गर्दै सुविधासम्पन्न क्रिकेट प्रशिक्षण सञ्चालनमा ल्याएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर