newskoseli.Com

निर्वाचन क्षेत्रको खेलाडी छनोट

 नवौँं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौँ निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता विहिबार देखि सुरु हुँनेछ ।

काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तरीय उक्त प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रको छनोट फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिए ।

जिल्लाव्यापी प्रतियोगितामा यी तीन खेलसहित कराँते, तेक्वान्दो र उसुमा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले बताए।
फागुन २० गतेदेखि २२ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुनेछ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर