newskoseli.Com

५ करोड लागतमा पत्तालेमा बुद्धपार्क बन्दै

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्कको शिलान्यास गरेका छन् ।

केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मूर्ति स्थापनाका साथै बुद्ध धर्मसम्बन्धी अन्य संरचना समेत निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण सुरु सो योजनका लागि करिव ५ करोड रूपैयाँ लाग्ने पार्क व्यवस्थापन समितिले जनाएको छ ।

सो पार्क तल्लो सोलुमा पर्यटक ल्याउन कोसेढुङ्गा सावित हुने उल्लेख गर्दै पूर्वमन्त्री केसीले पार्कसँगै पत्तालेमा भ्यू टावर निर्माण, स्थानीय परिकार खुवाउने, शेर्पा संस्कृतिअनुसार स्वागत–सत्कार गर्नेजस्ता कार्यक्रम गर्न सुझाव दिए ।

बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध गौरीटाप, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा अवस्थित छ । थालेडाँडाबाट सगरमाथा गौरीशङ्करलगायत एक दर्जन बढी हिमाल प्रस्ट देख्न सकिन्छ । काठमाडौंबाट २ सय ४० किमी लामो सडक पार गर्न सकिने पत्तालेमा हिउँदमा बाक्लो हिमपात समेत हुने भएकाले हिउँदमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर