newskoseli.Com

पर्यटन समिति राजनीतिक भर्तीकेन्द्र बन्यो : निर्देशक

राजनीतिक भर्ती केन्द्र बनेकै कारण जुम्लाको पर्यटन विकास हुन नसकेको कर्णाली क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति, जुम्लाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले बताएका छन् ।

पर्यटन योजना निर्माणसम्बन्धी पत्रकारसँग बुधबार भएको छलफल कार्यक्रममा कार्यकारी निर्देशक उपाध्यायले यो कुराको खुलासा गरेका हुन् । वि.सं. २०६७ मा समिति स्थापना भएदेखि करोडौंको बजेट आए पनि राजनीतिक आस्थाका आधारमा जनशक्ति भर्ती गरिँदै आएकाले पर्यटन पूर्वाधार विकासमा बाधा पुगेको उनको भनाइ छ ।

“एक–दुई लाखका टुक्रे योजनाबाट मठमन्दिर, बाटोघाटोमा बजेट खर्च गरी जीविकोपार्जन गर्ने काम भयो तर ठोस योजना बन्नै सकेनन्,” उनले भने ।

आगामी वर्षदेखि पर्यटन पूर्वाधार विकासका लागि योजना निर्माण गर्न र नीतिगत रुपमा यसलाई अघि बढाई कर्णालीलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यले यहाँका राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, पर्यटन तथा होटल व्यवसायी र गैससलगायतका सबै सरोकारवालासँग छलफल चलाइएको उनको भनाइ छ ।

छलफलमा पत्रकारले कर्णालीका पर्यटकीयस्थलको पहिचान नभएको र तिनको अभिलेख पनि समितिले नराखेको औंल्याए । धुलो उडाएर बजेट सिध्याउनु नहुने भन्दै उनीहरुले धार्मिक, कृषि र पर्या–पर्यटनसँग आधारित गुरुयोजना निर्माण गरी अघि बढ्न सुझाए ।

उनीहरुले पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार कार्यलाई व्यापक बनाउन पनि आग्रह गरे । कार्यकारी निर्देशक उपाध्यायले कर्णालीसँग सम्बन्धित विभिन्न क्षेत्रका पर्यटकीयस्थलको अभिलेखीकरण गर्न सूचना केन्द्रको स्थापना गर्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर