newskoseli.Com

भेरीखोला लघुजलविद्युत् अवरुद्ध : जाजरकोट–रुकुम अन्धकारमा

भगवती– ९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना कात्तिकदेखि अवरुद्ध हुँदा भगवती– ९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट– ९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

उक्त लघुजलविद्युत् आयोजनाको जेनरेटरमा आएको खराबीका कारण ग्रामीण बस्ती अन्धकार भएका हुन् । १५ किलोवाट विद्युत् उत्पादन क्षमता भएको भेरीखोला लघुजलविद्युत् आयोजना आस्था नेपालद्वारा २२ लाख रूपैयाँ खर्चेर २०७१ मा निर्माण गरिएको हो ।

यो आयोजना निर्माण भएसँगै भगवती– ९ सिउना र रुकुमको गोतामकोट– ९ मन्का बगरका झन्डै १ सय ५० भन्दा बढी घरधुरीका स्थानीयवासीले बत्ती बाल्दै अाएकाेमा अायाेजना अवरूद्ध भएपछि ती घरधुरीले अँध्याराेमा बस्न बाध्य भएका हुन् ।

बजेट अभावका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकेको आयोजनाका निर्माण उपभोक्ता अध्यक्ष हर्कबहादुर बोहराले बताएका छन् । विद्युतका पोल सल्लाका काठका भएकाले कुहिएर बिस्तारै ढल्दै गएका हुन् । पोल ढल्दा बाटोमा तार लत्रिएकाले मान्छे र पशुचौपायालाई आवतजावत गर्न समस्या भएको बोहराले बताए । ग्रामीण क्षेत्र भएका कारण विद्युतका सामग्री ल्याउन पनि सास्ती हुने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर