newskoseli.Com

हैदरावादलाई पराजित गर्दै दिल्ली तेस्रो स्थानमा

शीर्ष स्थानको सनराईजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली डेयरडेल्सि इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ ।

गएराति हैदरावादमा भएको खेलमा दिल्ली ७ विकेटले विजयी भएसँगै हैदरावादको चार खेल लामो विजयी यात्रामा पुर्णबिराम लागेको हो । खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनायो । उसका लागि डेभिड वार्नरले ४६ रन तथा शिखर धवनले ३४ रन जोडे ।

बलिङतर्फ दिल्लीका कुल्टर नायल र अमित मिश्राले २÷२ विकेट लिए । जवाफमा १४७ रनको चुनौती दिल्लीले खेलमा ११ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीको जितमा क्विन्टन डे ककले ४४ रन जोडे भने रिषभ पन्तले अविजित ३९ रन तथा सन्जु स्याम्सनले अविजित ३४ रनको योगदान दिए ।

जितसँगै दिल्ली अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको १० खेलबाट १२ अंक भएको छ । एक खेल बढी खेलेका हैदरावाद र गुजरात १४÷१४ अंकको साथ शीर्ष दुई स्थानमा रहँदा चौथो स्थानको लागि कोलकाता र मुम्बईबीच भिडन्त छ ।

आईपिएल क्रिकेटमा आज पाँचौ स्थानको मुम्बई इन्डियन्सले पुछारको टोली किङ्स ईलेभेन पञ्जावसँग खेल्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर