newskoseli.Com

साउदले जिते ११औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन

एघारौँं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा नेपाली सेनाका नवराज साउद प्रथम भएका छन् । भूपू खेलाडी मञ्च पोखराको आयोजना सफल दूधको मुख्य प्रायोजनमा शनिबार भएको प्रतियोगितामा प्रथम भएका साउदले ४२ दशमलव १ सय ९५ किलोमिटरको दूरी दुई घन्टा ३४ मिनेट २४ सेकेन्डमा पार गरी प्रथम भएका हुन् ।

साउदले ६० हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली सेनाकै लालबहादुर थापाले २ घन्टा ३४ मिनेट ५७ सेकेन्ड, सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३६ मिनेट चार सेकेन्ड र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरीले २ घन्टा ३७ मिनेट ३ सेकेन्डमा सो दूरी पार गरी क्रमशः द्वितीय, तृतीय र चतुर्थ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार र चतुर्थ हुनेले ४  हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे ।

५ किलोमिटर पुरुष दौडमा महेन्द्र राजभण्डारी, गौरव सुवेदी र प्रज्जवल राई प्रथम, द्वितीय र तृतीय भएका छन् भने महिलातर्फ ललिता लामिछाने, अस्मिता मगर, श्रृष्टि चौधरीले क्रमशः प्रथम द्वितीय र तृतीय भई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यसरी नै ह्विलचियर पुरुषतर्फ सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र ध्रुव न्यौपाने तृतीय भई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर