newskoseli.Com

अंग प्रत्यारोपण गर्नेहरुले धरानमा खेले फुटबल

गोविन्द बस्नेत धरान १ बैसाख ।

अंग प्रत्यारोपण गर्नेहरुले सुनसरीकाे धरानमा मैत्रिपूर्ण फुटबल खेल खेलेका छन ।

धरानमा आयोजना गरिएको सातौ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खेल मैदानमा भएको हाे ।

अंग प्रत्यारोपण गरेका र नगरेकाबीचमा आज भएको फुटबल खेलमा प्रत्यारोपण गरेकाहरुले ५–२ फराकिलो गोल अन्तरले प्रतियोगितामा जित हासिल गरे ।

अंग प्रत्यारोपण नगरेकातर्फबाट वीपीका चिकित्सक, समाजसेवी, उद्योगिपति र धरानका विभिन्न संघ संस्था सम्मिलित टिमसग मृगौलाको खराबी आएर प्रत्यारोपण गरिसकेका व्यक्तिहरुको बीच फुटबल खेलाइएको थियो ।

प्रतियोगितामा भाग लिनेहरु २५ बर्ष अगाडि मृगौला प्रत्यारोपण गरी सामन्य जीवनयापन गर्दै आएका पाटनका सुरेन्द्र श्रेष्ठ, ५ बर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका सप्तरीका हरिप्रसाद साह तथा खोटाङ घरभई हाल काठमाण्डौमा बस्दै आएका गीता श्रेष्ठ लगायतको १ सय २५ जनाको टोली खेलकुदकै लागि धरान आएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर